प्रस्तुत लेख जेन रहस्यान्वेषणका मूलभूत पक्षको अध्ययन गर्नुमा केन्द्रित छ । रहस्यवादका क्षेत्रमा भिन्न धारणा लिएर देखापरेको जेन एउटा ध्यान प्रणाली हो जसमा चेतनाको प्रमुख भूमिका रहेको हुन्छ । मनोवैज्ञानिक रूपमा मानसिक गतिविधिको प्रक्रियासितै चेतनाको उद्भावनामा जेन रहस्यवादले गति प्राप्त गर्दछ । व्यक्तिमा रहेको मानसिक प्रकृतिको अन्वेषण गर्दै परिपूर्ण रूपमा शून्यज्ञ भई सतोरी प्राप्त गर्नु जेन...